गठबन्धन सरकारको आयु लामो नभएको कंग्रेसको टिप्पणी

पुस २०, २०७९ | काठमाडौं

नेपाली कांग्रेसले सात दलीय गठबन्धन सरकारको आयु लामो नभएको टिप्पणी गरेको छ ।

सत्ता प्राप्तिका लागि अवसरवादी गठबन्धन निर्माण भएको भन्दै कंग्रेसले भिन्न विचार भएका पार्टीहरुको गठबन्धन दिगो नहुने बताएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणाबारे जानकारी गराउन पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कंग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संविधान र संघीयता विरोधी पार्टी समेत मिलेर बनेको गठबन्धनको आयु लामो हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन नजिकिदै जाँदा प्रतिपक्षी नेपाली कंग्रेसले सरकारको भविष्यमाथि प्रश्न उठाएको हो ।

यसैबीच, प्रवक्ता महतले कंग्रेस नेतृत्वको गठबन्धन भत्किनुमा पार्टी नेतृत्व मात्र जिम्मेवार नभएको बताउनुभयो । पार्टीको निर्णय अनुसार सरकारको नेतृत्व लिन खोज्दा गठबन्धन भत्किएको उहाँको भनाइ थियो ।

सरकारको नेतृत्व गर्नुपर्ने म्याण्डेट प्राप्त भएपनि वैकल्पिक गठबन्धनतिर नसोचेकाले समस्या भएको महतले बताउनुभयो । 



प्रतिक्रिया