राष्ट्रपति निर्वाचनको मिति आज तोकिदैँ

माघ १६, २०७९

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति आज घोषणा गर्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचनको मिति आज घोषणा गर्ने तयारी भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु अघि आयोगले नयाँ राष्ट्रपति चयनका लागि तयारी गरेको हो ।

राष्ट्रपति भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । आगामी फागुन २८ गते अघि नै निर्वाचन हुने थपलियाको भनाई छ । राष्ट्रको निर्वाचन फागुन २५ अघि र उपराष्ट्रपतिको निर्वाचन चैत १० भित्र गर्ने गरि तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ ।

कार्यकाल सकिनु कम्तीमा एक महिना अघि निर्वाचनको मिति घोषणा गर्नुपर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनमा उल्लेख छ । 


प्रतिक्रिया