धनुषामा हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार

रेडियो कान्तिपुर संवाददाता

माघ १६, २०७९

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर बाट ६ जना थुनुवा फरार भएका छन् । आज बिहान २ देखि ४ बजेको बिचमा उनीहरु भागेको प्रहरीले जनाएको छ । 

भाग्नेमा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका विनोद कुमार शर्मा, हातहतियारमा अनुसन्धान भईरहेका रोशक महत्तो र शंकर सिंह, तथा अभद्र व्यवहारमा अनुसन्धान भईरहेका अनिल मण्डल, रोशन यादव र हरिदिप सिंह रहको प्रहरीलाई उद्धत गदै हाम्रा सहकर्मीले जनाएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया