अमेरिकी सहायक विदेशमन्त्री नल्याण्डको उच्चस्तरीय भेटवार्ता

रेडियो कान्तिपुर संवाददाता

माघ १६, २०७९

नेपालको २ दिने औपाचारिक भ्रमणमा आएकी अमेरिकी सहायक विदेशमन्त्री भिक्टोरिया नल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाललाई बिहान ९:३० बजे तथा परराष्ट्र मन्त्री पौड्याललाई बिहान ११ बजे भेटवार्ता हुने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

नेपालमा लोकतन्त्रलाई थप मजबुत बनाउन, मानवअधिकारको अवस्था सुदृढ गर्न तथा शरणार्थीको अवस्थाबारे बुझ्न नल्याण्डको भ्रमण केन्द्रीत हुने अमेरिकी दूतावासले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता कार्यन्वयन वासिङटनको प्राथमिकतामा रहेको बताईएको छ । 


प्रतिक्रिया