आर्थिक संकटबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैे एकीकृत समाजवादी

माघ १७, २०७९

एकीकृत समाजवादीले आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदैेछ । अहिले केहीबेरमा बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको प्रतिनिधि मण्डलले देशको आर्थिक संकटबारे प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

 देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको सो पार्टीका उपमहासचिव डा. विजय पौडेलले बताउनु भयो ।  


प्रतिक्रिया