वायु प्रदूषणको अवस्था विकराल

माघ १७, २०७९

हिउँदे वर्षा समयमा नहुँदा मुलुकको वायु प्रदूषणको अवस्था विकराल बनेको छ । भक्तपुरस्थित मध्यपुर थिमी क्षेत्रको वायुको गुणस्तर यस वर्षको हिँउ महिना यताकै खराब मापन गरिएको छ । सो क्षेत्रको वायु गुणस्तरको अवस्था २ सय १८ एक्यूआइ मापन गरिएको छ । वायुको गुणस्तर ५० एक्यूआइसम्मलाई सामान्य मानिएपनि अधिकांश क्षेत्रको वायुको गुणस्तर २ सयको हाराहारिमा पुगेको छ । भक्तुर, ललितपुरस्थित पाटन क्षेत्र, काठमाडौं, लगायतको वायु गुणस्तरको अवस्था १ सय ५० एक्यूआइमाथि मापन गरिएको वायु गुणस्तर केन्द्रको तथ्याङकमा उल्लेख छ ।

अझै केहि दिन पानी पर्ने सम्भावना नरहेकाले तत्काल वायुको गुणस्तरमा सुधार आउने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको पछिल्लो तीन दिनको मौसम पूर्वानुमानको सूचनामा मौसम सफा रहने उल्लेख छ । 


प्रतिक्रिया