सत्ता गठवन्धनमा खटपट शुरु

माघ १८, २०७९

सहमतिमा राष्ट्रपति चयनको विषय र रवि लामिछानेको गृहमन्त्री पदका कारण सत्ता गठवन्धनमा खटपट शुरु भएको छ । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका लामिछानेले गृहमन्त्रालयमा फर्किन दौडधुप तिप्र पार्नुभएको छ । गृहमन्त्री पद नपाए सरकारबाट बाहिरिने सम्मको चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको हो ।

सत्तारुढ दल माओवादी केन्द्रले गृहमन्त्रालयलाई प्रतिष्ठाको विषय नबनाउन सो पार्टीलाई आग्रह गरेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको विषयमा सर्वाेच्च अदालतले आफ्नो पुर्णपाठ जारी नगरेको अबस्थामा अहिले नै गृहमन्त्रालयको विषयलाई लिएर आन्तरिक द्वन्द्ध आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

रविलाई गृहमन्त्रीमा पुर्नवहाली गराउन एमाले अध्यक्ष ओलीले समेत निरन्तर दवाव दिएको माओवादी उच्च श्रोतको दावी छ । माओवादीका उच्च एक नेताले भने– रविलाई गृहमन्त्रीमा पुर्नवहाली गराउँदा जस अपजसको भारी सवै प्रधानमन्त्रीले लिनुपर्ने भपएपछि एमाले अध्यक्ष ओलीलाई त फाईदै हुने भयो नी ? सोही कारणले पनि दवाव बढेको हो ।

राष्ट्रपति निर्वाचनमा पनि सत्तासाझेदार दलमा कुरा मिल्न सकेको छैन । पुष १० मा भएको सहमति अनुसार राष्ट्रपति पद आफुहरुले पाउनुपर्ने एमालेले दावी गर्दै आएको छ । माओवादी केन्द्रले भने राष्ट्रपति संस्थाबाट यसअघी भएका विवादास्पद कदमलाई रोक्न पनि सहमतीय आधारमा निस्पक्ष भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपतिको खोजी भईरहेको बताएको छ । 


प्रतिक्रिया