परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा उच्चस्तरिय भेटवार्ता गर्ने

माघ १८, २०७९

श्रीलंकाको ४ दिने भ्रमणका क्रममा परराष्ट्रमन्त्री विमला राई पौड्यालले द्धिपक्षीय उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ । श्रीलंकामा आगामी शुक्रबार हुने ७५ औं स्वतन्त्रता दिवसमा विशेष अतिथिका रुपमा कोलम्बो जान लागेकी मन्त्री पौड्यालले उच्चस्तरीय भेटवार्ता गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे, प्रधानमन्त्री दिनेश गुणवदर्ने सँग द्धिपक्षिय हितका विषयमा भेटवार्ता गर्नुहुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

श्रीलंकाको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुन मन्त्री पौड्याल सहितको नेपाली प्रतिनिधिमण्डलको टोली भोली कोलम्बो जांदैछ । श्रीलंकाका विदेशमन्त्री अलि साब्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री पौड्याल कोलम्बो जान लाग्नुभएको हो । श्रीलंकाले ७५ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरीएको लंकारा लंका नामक परम्परागत महोत्सवमा विशेष अतिथिका रुपमा परराष्ट्रमन्त्री पौडेललाई निमन्त्रण दिएको हो । 


प्रतिक्रिया