एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भेटवार्ता

श्रावण ४, २०८२ | काठमाडौं
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
भण्डारीले पार्टी राजनीतिमा आउने घोषणा गरेपछि उहाँहरुबीच पहिलो पटक भेटवार्ता भएको हो । भेटका लागि पूर्व राष्ट्रपति भण्डारी ललितपुरको च्यासलस्थित एमाले कार्यालय पुग्नुभएको थियो । पार्टीमा भण्डारीको सदस्यता र जिम्मेवारीबारे निर्णय गर्ने भनिएको केन्द्रिय कमिटी बैठकको पूर्वसन्ध्यामा एमाले अध्यक्षसँग भेट भएको हो ।
एमालेको केन्द्रीय कमिटीको बैठक भोलिबाट शुरु हुँदैछ ।