मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मंसिर १६, २०८२ | काठमाडौं
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने हुनु भएको छ । भोलि बिहान साढे ८ बजे नै लिनु पर्ने भएको छ । मधेश प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि भोलि बिहान साढे ८ बजे बैठक डाकिएको जनाएको छ ।
मुख्यमन्त्री यादवले आज पत्रकार सम्मेलन गरेर विश्वासको मत भोलि दिउँसो २ बजे लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाएको जानकारी दिनुभएको थियो । प्रदेससभा सचिवालयले विश्वासको मतका लागि बिहानैको समय तोकेको छ ।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।







