नवीन समझदारीका लागि दवाव दिन भन्दै राप्रपाद्वारा काठमाडौंमा प्रदर्शन

रेडियो कान्तिपुर संवाददाता

मंसिर २३, २०८२ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेनजी पुस्ता, राजनीतिक दल र राजाबीच ‘नवीन समझदारी’का लागि दबाब दिन भन्दै संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको राप्रपाको जुलुश रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभालाई राप्रपाका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक भूराजनीतिको चक्रव्युहमा फसेकाले नयाँ समझदारी गरेर निकास दिनुपर्ने बताउनुभयो । 

चुनाव गरेर मात्र मुलुकमा स्थायित्व कायम नहुने लिङदेनको भनाइ थियो । राप्रपाका महामन्त्री धवल शमशेर राणाले आफू संवैधानिक राजसंस्थाको पक्षमा मात्र रहेको बताउनुभयो । जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थितिमा मुलुकलाई निकास दिन सर्वपक्षीय सम्वादको माग राप्रपाले गर्दै आएको छ । राप्रपाले मंसिर १३ गते प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी पाँच बुँदे ज्ञापनपत्र समेत बुझाएको थियो । 


प्रतिक्रिया