नेपाल भारत साहित्य महोत्सव वीरगञ्जमा शुरु

श्रावण २७, २०७५ | वीरगन्ज

 दुई दिने नेपाल भारत साहित्य महोत्सव आइतबारदेखि आर्थिक नगरी वीरगञ्जमा सुरु भएको छ । महोत्सवको प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले गमलामा वृक्षारोपण गरी उद्घाटन गर्नुभयो ।

 मुख्यमन्त्री राउतले साहित्यक महोत्सवले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिएको बताउनुभयो ।

‘साहित्यको कुनै सीमा हुँदैन्,’ मुख्यमन्त्रील भन्नुभयो, ‘साहित्य बिना जीवन उधुरो छ । साहित्य मार्फत समाजलाई नयाँ दिशातर्फ मोडन सकिन्छ ।’ नेपालमै धेरै विद्धान साहित्यकार जन्मिए पनि भाषाको कारण अन्तर्राष्ट्रिय ख्याती नपाएको मुख्यमन्त्रीले राउतले बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय जगतमा नेपाली साहित्यलाई बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । साहित्य गम्भीर र चिन्तनको विषय भएको बताउँदै मोबाइल फोनमा व्यस्त भएको आजको पुस्ता साहित्यकार बन्नेमा चिन्ता समेत प्रकट गर्नुभयो । यस महोत्सवले दुबै देशको भाषा र संस्कृत्ति बुझ्न सजिलो हुने उहाँले बताउनुभयो । 

भारत हरिद्धारका वरिष्ठ सहित्यकार डा.योगेन्द्र शर्माले महोत्सवले साहित्य, संस्कृत्ति, धर्म, समाज, राष्ट्रियता जोड्ने काम गरेको उल्लेख गर्नुभयो । नेपालका वरिष्ठ साहित्यकार डा.धु्रवचन्द्र गौतम र भारतीय सहित्यकार शर्मा महोत्सवमा विशेष सम्मान गरिएको थियो । शर्माले गृह नगर हरिद्धारबाट ल्याएको गंगाजाल प्रदान गरेका थिए ।

उहाँले अगामी डिसेम्बर महिनामा हरिद्धारमा आयोजना हुने साहित्य महोत्सवमा नेपाली साहित्यकारलाई निमन्त्रणा समेत दिनुभयो । कार्यक्रमका संयोजक गणेश लाठले वीरगन्ज आन्दोलन र बन्दको सहर मात्र नभई यहाँ साहित्यक महोत्वस पनि हुन सक्छ भनि देखाउनलाई कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । काठमाडौँ लगायत पोखरा, नेपालगञ्ज, काँकडभिट्टा जस्ता मोफसलका सहरमा साहित्य महोत्सवको आयोजन भएपनि वीरगन्ज हुन सकेको थिएन् । 

‘पछिल्लो एक दशकमा भएका विभिन्न आन्दोलनले वीरगञ्ज मृत सहर बन्ने पो हो कि भन्ने त्रास थियो,’ उद्योगी एवम् साहित्यकार लाठले भन्नुभयो, वीरगञ्ज मरेको छैन्, ‘जीवित छ भन्ने सन्देश दिएका छौँ ।’ नेपाल भारत साहित्य महोत्सका अध्यक्ष अशोक वैद्यले दुई देशलाई साहित्यक जम्घट गराउने उद्देश्यले महत्वस आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा नेपाल र भारतका २ सय ५० साहित्यका सहभागी भएको आयोजकले जनाएका छन् । महोत्सवमा दुई देशका साहित्यकारबीच साहित्यका विविध विधाहरु हुने विमर्शले साहित्यलाई थप विकास गर्ने विश्वास लिइएको छ । 


प्रतिक्रिया