बाबुद्वारा २ छोराको हत्या

कार्तिक ४, २०७५ | बारा

- बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ औराह टोलीका सुरेन्द्रराम चमारले आफ्नै २ छोराको हत्या गरी आत्महत्या गरेका छन् । घरमा कोहि नभएको बेला चमारले आज बिहान ५ बर्षका सोबिन र ३ बर्षका बिपिन राम चमारको हत्या गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुबास हमालले जानकारी दिनुभयो ।

उनले दुबै छोरालाई घाँटीमा डोरीले बेरेर हत्या गरेको प्रहरीले जनाएको छ । छोराको हत्यापछि उनले पनि पासो लगाई आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । घरमा रहेकी आमा बाहिर निस्किएको मौका छोपी उनले दुबै छोराको हत्या गरेका थिए । 

चमारकी श्रीमती उनलाई छोडेर छुट्टै बस्दै आएकी थिईन् । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि नारायणी उप क्षेत्रीय अस्पाताल बिरगञ्ज लैजाने तयारी भईरहेको प्रहरी निरिक्षक हमालले बताउनुभयो । चमारले यसअघि आफ्नै आमालाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

 


प्रतिक्रिया