छठको रौनक बढ्यो (फोटो फिचर )

कार्तिक २६, २०७५ | बारा

धर्म र संस्कृतिसँग जोडिएका पवित्र महा छठ पर्वको रौनक सबैतिर बढेको छ । गाउँदेखि सहरसम्मको व्रतालुदेखि वृद्ध, बालक, महिला र अन्य सबैको छठ पर्वले ध्यान तानेको हो । चारैतिर छठको तयारी तीब्र पारिएको छ । बजारमा चहलपहल बढेको छ ।

किनमेल गर्नेहरुको बजारमा घुँइचो लागेको छ । हाट बजार र सहरको बजार भरिभराउ भएको छ । भीडले बजारमा आउजाउ गर्न कठिन भएको छ । बजारमा व्यापार बढेको छ । जलाशयरु सफसुग्घर गर्न थालिएको छ । छठ घाट सजाउन थालिएको छ ।

कतिपय हुनेखाने तथा शुभेच्छुक र छठका श्रद्धालुहरुले छठमा विपन्न व्रतालुहरुलाई नयाँ लुगासँगै पुजन सामाग्री वितरण गर्न थालेका छन् । विवाहित महिलाहरुले गर्ने यो पर्व कतिपयले माइती पुगेर सुरु गर्छन् ।

 

 


प्रतिक्रिया