मितेरी पुलको पुनर्निर्माण सुरु

कार्तिक ३०, २०७५ | रसुवा

- रसुवागढी नाकामा रहेको नेपाल चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुललाई क्षती पुर्‍याएको थियो । चीन सरकारको सहयोगमा पुलको पुनर्निर्माण सुरु भएको हो ।

भूकम्पको बेला पहिरोसंगै आएको ढुङ्गाले मितेरी पुलको बीच भागमा ठुलो प्वाल पारेको थियो । क्षती पुगेको पुलमाथि अस्थाइ फलामे पुल राखेर यातायात सञ्चालन गरिएको छ ।

पुलको पुनर्निर्माण गर्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जुन २१ मा दुई मुलुकबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सो पुल आगामी मेमा सम्पन्न गर्ने लक्ष्य चिनियाँ पक्षको रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । 

 


प्रतिक्रिया