नेकपाले कार्यदलसंग विहिबार संयुक्त छलफल गर्ने

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ६, २०७५ | काठमाडौं

– नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांगठनिक एकताका लागि गठित कार्यदलसँग आगामी विहिबार थप छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको सचिवालय बैठकले कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र सांगठनिक एकताको विषयलाई कसरी टुंगो लगाउने भन्ने बारेमा आवश्यक नीति र निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यादलले बुझाएको प्रतिवेदनमाथि आगामी ९ गते बिहान ९ बजे थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सांगठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन सकेको छैन । कार्यदलका संयोजक राम बहादुर थापाले हिजो बुझाउनु भएको प्रतिवेदनमाथि कार्यदलभित्र पनि एकमत हुन सकेको छैन । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । 

 


प्रतिक्रिया