सीडीओ र एसपी दुर्घटनाको चालक थुनामा

फाल्गुन १३, २०७५ | बारा

– लापरवाहीपुर्वक गाडी चलाउँदा बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको अभियोग लागेका चालक जगतनारायण कुर्मीलाई जिल्ला अदालत बाराले थुनामा पठाउने आदेश दिएको छ । वादी र प्रतिवादीको तर्फबाट भएको दुईतर्फी बहसपछि थुनछेक आदेशको क्रममा कुर्मीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको हो ।

न्यायाधीस प्रकाशचन्द्र अधिकारीको इजलासबाट यस्तो आदेश भएको हो । वादीको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिङथेल र प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय ओमप्रकाश केशरी र प्रभात दाहालले पहिलो सुनुवाइमा बहस गरेका थिए । चालकले लापरवाहीपुर्ण तरिकाले गाडी चलाउ“दा एक महिनाअघि सवारी दुर्घटनामा दुबैको मृत्यु भएको भन्दै सरकारी वकिलको कार्यालयले चालक कुर्मीविरुद्ध हिजो  अदालतमा अभियोजन दर्ता गरेको थियो ।

कर्मचारी मिलन केन्द्रले निजगढमा आयोजना गरेको भोजमा सहभागि भएर फर्किदै गर्दा गत माघ १२ गते पुर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ–पथलैया खण्डबीचको पसाहा खोला नजिक दुर्घटना भएको थियो । 


प्रतिक्रिया