बर्दियामा मोटरसाइकल दुर्घटनामा परि तीनको मृत्यु

चैत्र १७, २०७५ | बर्दिया  

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको बारबर्दिया—९ बनगाइमा आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मधुवन नगरपालिका १ का २१ वर्षीय सुरज चौधरी, कृष्णा चौधरी र बारबर्दिया नगरपालिका ९ का खगेन्द्र बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विपरीत दिशामा रहेको भे ८ प ६९६८ नम्बर र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । 

तीनै जनाको उपचारको क्रममा कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मदन जित महराले बताउनुभयो । 

कासुरेशले चलाएको भे ८ प ६९६८ नम्बरको मोटरसाइकलमा कृष्णा सवार थिए । यसै बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल खगेन्द्रले चलाएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया