तस्करीको सामानसहित एक जना पक्राउ  

चैत्र १८, २०७५ | बर्दिया

- भन्सार छलेर भारतबाट ल्याएको झण्डै २ लाख १० हजार मुल्यको सामग्रीसहित बर्दिया प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउॅपालिका—६ शिव चोक र वडा नम्बर २ फुटाहा बाटोको छेउबाट प्रहरीले कपडा, साइकलको टायर, फलामको जाली सहित भे २ प ३३९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले भंसार छलेर ल्याएका बढैयाताल गाउँपालिका—७ का कृपाराम यादवलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालयका डीएसपी मदनजीत महराले बरामद सामानसहित यादवलाई कारवाहीका लागि भंसार कार्यालय पठाईको बताउनुभयो ।  

 


प्रतिक्रिया