नेपालको एक्लो प्रयासले सार्क ब्युँतन सक्दैन : परराष्ट्रमन्त्री 

जेष्ठ १९, २०७६ | काठमाडौं

- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको एक्लो प्रयासले मात्रै सार्कलाई पुनः ब्युँताउन सम्भव नरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पक्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सार्कलाई सत्रिय बनाउन नेपालले प्रयास गरिरहेपनि त्यो मात्र पर्याप्त नहुने बताउनुभयो । 

भारतले विमस्टेकलाई सक्रिय बनाउन गरेका प्रयास बारे गरिएको प्रश्नमा मन्त्री ज्ञवालीले नेपालका लागी सार्क लगायत हरेक क्षेत्रीय संगठन महत्वपूर्ण रहेको बताउनुभयो । 

क्षेत्रीय बैमनस्यता, विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण पछिल्लो समय सार्क निष्क्रिय छ । 

यसैबीच, मन्त्री ज्ञवालीले प्रबुद्ध ब्यक्ति समुहले तयार पारेको प्रतिवेदन भारतले बुझ्ने प्रति विश्वस्त रहेको बताउनुभएको छ ।

नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को २०७४ असार १५ र १६ गते काठमाडौंमा सम्पन्न बैठकले एक महिनाभित्र प्रतिवेदन दुवै देशका सरकारलाई बुझाउने निर्णय गरेको थियो । तर भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न ढिलाइ गरेपछि नेपालका प्रधानमन्त्री ओलीले समेत ईपीजीको प्रतिवेदन बुझ्न पाउनुभएको छैन ।

 


प्रतिक्रिया