ताप्लेजुङका ६ वटा स्थानीय तहले बजेट सार्वजनिक गर्दै

असार १०, २०७६ | ताप्लेजुङ

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका छ वटा स्थानीय तहले आज आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्दैछन् । तीन वटा गाउँपालिकाले भने बजेट ल्याउन केहीदिन ढिला हुने बताएका छन् ।

जिल्लाको फुङलिङ नगरपालिका, सिरिजंघा, आठराइ त्रिवेणी, मेरिङदेन, मैवाखोला र पाथीभरा याङवरक गाउँपालिकाले बजेट तयारी गरेका हुन् ।

फक्ताङलुङ, मिक्लाखोला र सिदिङवा गाउँपालिकाले मंगलबार बजेट ल्याउन नसकिएको बताउनुभयो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ ले ‘हरेक स्थानीय तहले हरेक वर्षको असार दश गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान सम्बन्धित सभामा पेश गर्नुपर्ने व्यवस्था’ गरेको छ ।

यसरी पेश गरिएको बजेट १५ दिनभित्र गाउँ तथा नगरसभाबाट अनुमोदन हुनुपर्छ । असार १० गते बजेट प्रस्तुत गर्न नसकेका गाउँपालिकाले भौगोलिक विकटता, यो आर्थिक वर्षमा बाँकी रहने रकम यकिन हुन नसक्नु र हिमाली क्षेत्रमा कामगर्ने सिजन भएकाले समस्या भएको बताएका छन । तीनैवटा गाउँपालिकाले असार २० सम्ममा गाउँसभामा बजेट प्रस्तुत गरेर असारभित्रै पास गरिसक्ने दाबी गरेका छन् । 


प्रतिक्रिया