९ महिना देखि जेष्ठ नागरिकले भत्ता पाएनन् 

असार २१, २०७६ |  मुगु

मुगुको छायाँनाथ रारा नगरपालिकाका जेष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलाहरु सामाजिक सुरक्षा पाउनबाट वञ्चित भएका छन् । उनीहरुले गत असोज देखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १ का ९ सय १३ जना जेष्ठ नागरिक, ३ सय ४६ जना एकल महिला, ६४ जना पूर्ण अपाङ्ग र ७७ जना आसिंक अपाङ्गले गत असोज देखि भत्ता पाएका छैनन् । यस्तै, नगर भित्रका ५ वर्ष मुनिका ४ हजार ३ सय जनाले बालबालिकाहरु समेत नौ महिना देखि बाल अनुदान रकम पाउनबाट वञ्चित भएका छन् ।

६० देखि ७० वर्ष सम्मका जेष्ठ नागरिकलाई मासिक १ हजार र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई २ हजार प्रोत्साहन भत्ता दिने सरकारले निर्णय गरेपनि ९ महिना सम्म भत्ता नपाउँदा गुजारा चलाउन समस्या भएको जेष्ठ नागरिकहरुको गुनासो छ ।

नगरपालिकामा चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताको लागि ५ करोड ७१ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको मध्ये केन्द्रीय सरकारबाट २ करोड ६२ लाख ४७ हजार रुपैयाँ निकासा नहुँदा वितरणमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताउनुभयो ।


प्रतिक्रिया