बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

असार २१, २०७६ | बर्दिया

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिका—७ शंकरनगरका २५ वर्षीय धर्मेन्द्र यादवको बाघको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालयका डीएसपी तिलक भारतीले बताउनुभयो ।

सिमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष क्षेत्रमा भैंसी चराउन गएका यादवलाई बाघले आक्रमण गरेको थियो । बिहान घरबाट निस्केका यादव राति सम्म पनि घर नफर्किएपछि घरपरिवार र गाउॅलेले खोजी गर्ने क्रममा आरक्ष क्षेत्रमा मृत अवस्थामा यादव फेला परेका थिए । 


प्रतिक्रिया