बर्दियाको गेरुवा गाउँपालिकामा आगजानी 

असार २४, २०७६ | बर्दिया

- बर्दियाको गेरुवा गाउँपालिकाको कार्यालयमा आगजनी भएको छ । गएराती अज्ञात समुहले गाउँपालिकाको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहारी कार्यालय बर्दियाका प्रबक्ता डिएसपी मदनजित महरालाई उद्यृत गर्दै सहकर्मी कमल पन्थीले जनाएका छन् । आगजनीबाट गाउँपालिकाको कार्यालय र त्यसमा रहेका कागजपत्र पुर्णरुपमा ध्वस्त भएका छन् । आगजानीको जिम्मेवारी कसैले नलिएपनि नेत्र बित्रम चन्द नेतृत्वको माओवादीको भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको प्रहरीले जनाएको छ । 

यसैबीच आगलागी लगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय पाताभारको टोलीका ईन्चार्ज प्रहरी निरिक्षक यम बहादुर मल्ल छत खसेर घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि पुगेको टोलीका इन्चार्ज मल्ल, आगजनी भएको गाउँपालिकाको छत खसेर गम्भीर घाईते भएका हुन् । टाउकोमा गहिरो चोट लागेको उनलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।   

 


प्रतिक्रिया