गैंडाको आक्रमणबाट बर्दियामा तीन घाइते

भाद्र १४, २०७६ | बर्दिया

गैंडाको आक्रमणबाट बर्दियामा ३ जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रानीपुरस्थित सामुदायिक वनबाट निस्केको गैंडाको आक्रमणबाट बारबर्दिया नगरपालिका ४ का ३९ वर्षीय राम प्रसाद थारु, ६५ वर्षीय जंगली थारु र १० वर्षीया शिखा थारु घाईते भएका छन् ।

बारबर्दिया स्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएका उनीहरुलाई गैडाले आक्रमण गरेको स्थानीय फूलपाति थारुले बताए । प्रहरी उपरिक्ष्कँ राजेश नाथ बास्तोलाका अनुसार घाइते जंगली र शिखाको कोहलपुर शिक्ष्णँ अस्पतालमा भईरहेको छ । 

 


प्रतिक्रिया