मोटरसाइकलको ठक्करबाट बर्दियामा एकको मृत्यु

आश्विन १९, २०७६ | बर्दिया

मोटरसाइलको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बर्दिया बासगढी नगरपालिका ८ स्थित सडकमा हिँडदै गरेका बेला मोटलसाइकलको ठक्कर दिंदा स्थानीय ४७ वर्षीय बालकृष्ण थारुको मृत्यु भएको हो ।  

 रामलिला हेरेर फर्कने क्रममा मोटरसाइकलको ठक्कर घाइते भएका उनको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको मृत्यु भएको प्रहरी निरीक्षक ईन्द्रजित सुनारले बताउनुभयो ।

घाइते उनकी श्रीमतीको नर्सिङ होममा उपचार भईरहेको छ । मोटरसाइकल चालक २३ वर्षीय दिनेश थारु पनि घाईते भएका छन् । चालक थारु ४ नम्बर पोखर गणमा कार्यरत प्रहरी जवान हुन् ।   

 


प्रतिक्रिया