वडा कार्यालयमा आगजनी

आश्विन २०, २०७६ | जाजरकोट

जाजरकोटको बारेकोट गाउ‘पालिकाको ३ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । मुल्साम खोला किनारमा निर्माणाधिन वडा कार्यालयलाई हाल अस्थायी रुपमा पछेउरी स्थित भाडाको घाडामा सञ्चालन गरिएको थियो ।

आगजनीबाट कार्यालय भित्रका कागजत र फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आज बिहान आगजनी भएको खबर पछि घटनाको थप अध्ययन गर्न रामीडाँडा र नायबाडा सिर्लिंगी स्थित प्रहरी चौकीबाट प्रहरी खटिएको ईलाका प्रहरीले रामीडां‘डाले जनाएको छ ।

जुम्लासँग सीमा जोडिएको जिल्लाकै विकट सो गाउ‘मा नेत्र विक्रम चन्द समूहको गतिविधि बढेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया