मापदण्ड विपरीत उत्खनन् गर्ने स्काभेटर प्रहरी नियन्त्रणमा

आश्विन २५, २०७६ | कञ्चनपुर

महाकाली नदीबाट मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ३ वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ झोलुंगे पुल नजिकै नदी उत्खनन् गरिरहेका स्काभेटर र टिप्परका चालकहरुलाई समेत नियन्त्रणमा लिइएको हो ।

स्काभेटरका चालकहरु प्रहरी नियन्त्रणमै भएपनि टिप्परका चालकहरुलाई भने पुन: मापदण्ड विपरीत उत्खनन नगर्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताउनुभयो ।

महाकाली नदीमा निर्माण सामग्री उत्खननका लागि भीमदत्त नगरपालिकाले ठेक्का दिएको छ । नदीमा निर्माण सामग्री उत्खनन्का लागि डोजर तथा स्काभेटर प्रतिबन्ध गरिएको छ । 


प्रतिक्रिया