रारा–छायाँनाथ हेलिकप्टर टूर परीक्षण 

आश्विन २८, २०७६ | मुगु

मुगुको छायाँनाथ हेलिकप्टर टूर फलाइट आज परीक्षण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत कर्णाली प्रदेश पर्यटन विकास समितिको आयोजनामा पर्यटकीय स्थल रारा देखि प्रसिद्ध धार्मिक तीर्थस्थल छायाँनाथ सम्मको हेलिकप्टर टूर फलाईट परीक्षण गरेको छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाहय पर्यटकलाई फिस्टेल हेलिकप्टरबाट छायाँनाथ तीर्थस्थल दर्शन गराउनको निम्ति प्रथम पटक परिक्षण गरिएको समितिले जनाएको छ ।

फिस्टेल हेलिकप्टर परिक्षण फलाइटमा प्रतिनिधि सभासद गोपाल बम, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, समितिका संयोजक राजु कार्की पत्रकार महासंघका अध्यक्ष नृपेन्द्र मल्ल रहेका छन् ।

भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर रारा आउने पर्यटकलाई फिस्टेल हेलिकप्टरबाट छायाँनाथ लिएर दर्शन गराउने यसको प्रमुख लक्ष्य रहेको समितिका संयोजक कार्कीले बताउनुभयो ।

रारा देखि पैदल मार्गबाट छायाँनाथ पुग्न करीब तीन दिन समय लाग्ने भएकोले हेलिकप्टर टूरको ब्यावस्था गर्न लागिएको उहाँको भनाई छ । परीक्षण गरी सकेपछि एक टिपमा कता भाडा तोक्ने भन्ने पछि निर्णय गरिने उहाँको भनाई छ । 


प्रतिक्रिया