राज्यमन्त्रीद्धारा राजीनामा

कार्तिक २४, २०७६ | धनगढी

– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाशबहादुर रावलले आज पदबाट राजीनामा दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित एउटा कलेजको शेयर किनबेचमा अनियमितता गरेको सम्बन्धी जिल्ला अदालत कञ्चनपुरमा मुद्दा खेपिरहेका रावलले छानविनमा सघाउ पुर्‍याउन राजीनामा दिएको बताउनुभयो ।

रावलमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानवीन गरिरहेको छ । रावलले भने आफु विरुद्ध षडयन्त्र भएको भन्दै सबै आरोपको खण्डन गर्दै आउनुभएको छ । प्रदेशसभाका लागि उहाँ कञ्चनपुरबाट निर्वाचित हुनुभएको हो । 

 


प्रतिक्रिया