मलेखुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कार्तिक २९, २०७६ | धादिङ 

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट मलेखु बजारमा शुक्रबार बिहान दुई मोटरसाईकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बा ९३ प १७९३ नम्बरको मोटरसाइकल चालक बेनीघाट ३ ताल्तीका २३ वर्षीय अशोक मगरको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलेखुबाट बेनीघाट तर्फ जाँदै गरेको बा ९३ प १७९३ र विपरीत दिशामा रहेको लु ४४ प १४९९ नम्बरको मोटर साइकल आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताउनुभयो ।

घाइते तीनै जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । घाइतेहरुमा शिद्धलेक ६ का २१ वर्षीय सन्तोष श्रेष्ठ, रुपन्देही बुटवलका प्रदिप काफ्ले र सोही ठाउँका २९ वर्षीय अमिर न्यौपाने रहेका छन् । 


प्रतिक्रिया