ट्याक्टर दुर्घटनामा परी कास्कीमा एकको मृत्यु 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | पोखरा

ट्याक्टर दुर्घटना हुँदा कास्कीमा एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परी पर्सा जिल्ला घर भई घाचोक बस्दै आएका चालक ४७ वर्षीय नरेन्द्रसिंह बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ मर्दीखोलाबाट घाचोकतर्फ जाँदै गरेको ग १ त ३४७३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर मर्दीखोला सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसैगरी, पोखराको सराङकोट तोरी पानीस्थित ब्लू स्काई कम्पनीको प्यारग्लाइडिङ दुर्घटना हुँदा सोलो पाइलट ब्रिटेनका माथ्वे फिड्स घाइते भएका छन् । उनको पोखराको मनिपाल अस्पतालमा उपचार भइरहेको छ । 

 


प्रतिक्रिया