मन्त्रीमण्डल पुनर्गठनप्रति बाबुराम आक्रोशित

मंसिर ५, २०७६ | गोरखा

- सत्ता साझेदार दलसँग आवश्यक सरसल्लाह विनै मन्त्री मण्डल हेरफेर भएको भन्दै  पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष वावुराम भट्टराइले आपत्ति जनाउनुभएको छ । दलहरु तथा मन्त्री मण्डल सदस्यसंग पनि सल्लाह र परामर्श नगरी एकपक्षीय ढंगले भएको निर्णय लोकतन्त्रको मान्यता विपरित रहेको उहाँको भनाई थियो ।

गृह जिल्ला गोरखा पुगेका भट्टराइले सञ्चारकमीसंग प्रधानमन्त्रीको कार्यशैलीमा स्वच्छाचारी र निरकुंश प्रवृति देखा परेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा समाजवादीको तर्फबाट सरकारमा रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसबारे गम्भिर ढंगले समिक्षा गरी आवश्यक निर्णय लिने भट्टराईले बताउनुभयो । 

संविधान संसोधनको सर्तमा आफ्नो पार्टी सरकारमा सहभागी भए पनि सरकारले यसमा चासै नदिएको उहाँले आरोप लगाउनुभयो । संविधान संसोधनको विषयमा अन्तिम पटक वार्ता गरी आफुहरुको माग सम्वोधन हुने लक्षण नदेखिए सरकारबाट वाहिरिने उहाँको चेतावनी छ । 

 


प्रतिक्रिया