निर्वाचन आयोगले सुरक्षा प्रमुखसँग छलफल गर्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

- निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न ४ वटै सुरक्षा निकायका प्रमुखसँगको बैठक बोलाएको छ । आयोगको कार्यालयमा बिहान ११ बजे हुने छलफलमा गृहमन्त्रालय र रक्षामन्त्रालयका सचिवको पनि उपस्थिति हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

बैठकमा उपनिर्वाचन हुने ३७ जिल्लाका ५२ स्थानको सुरक्षा अवस्था तथा थप रणनीतिका बारेमा छलफल हुनेछ । बैठकमा प्रतिनिधीसभा उपनिर्वाचन हुने कास्की क्षेत्र–२ तथा प्रदेशसभा निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङको समग्र सुरक्षा अवस्था र चुनौतिका बारेमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय तहको उपनिर्वाचन र सम्भावित घटनाका बारेमा चार वटै सुरक्षा प्रमुखहरुसंग परामर्श गर्ने आयोगको तयारी छ । 

 


प्रतिक्रिया