१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवक पक्राउ

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | खोटाङ

खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने युवा पक्राउ परेका छन् । बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो । प्रहरीले पीडक र पीडितको नाम गोप्य राखेको छ ।

बालिका गर्भवती भएपछि फरार भएका युवा विरुद्ध बुधबार उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बालिका गर्भवती भएको ४ महिना पुगेको भनिए पनि भिडियो एक्सरे गर्दा ६ महिनाको भएको देखिएको डीएसपी गौतमले बताउनुभयो । बालिकालाई स्वास्थ्य जााचका लागि काठमाडौं लगिएको छ ।


प्रतिक्रिया