पुनर्वास ३ मा नेकपाका कृष्ण तामाङ विजयी

मंसिर १४, २०७६ | कञ्चनपुर

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ को वडाध्यक्षमा नेकपाका कृष्ण तामाङ विजयी हुनु भएको छ । शनिबार भएको उप निर्वाचनमा उहाँले ५ सय २८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।   

उहाँका निकटतम प्रतिद्वन्द्धी नेपाली काँग्रेसका डीबी तामाङले ३ सय १० मत प्राप्त गर्नुभयो । यसैगरी, समाजवादी पार्टीका भीम तामाङले ७५ र राप्रपाका पदम शाहीले ७ मत प्राप्त गर्नुभयो ।

११ सय ९९ मतदाता रहेको सो वडामा ९ सय २४ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत गोपाल बास्तोलाले जानकारी दिनुभयो ।  

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समिति प्रमुख भएपछि वडाध्यक्षको पद खाली भएको हो । मतदान स्थल भन्दा केही पर शंकास्पद वस्तु पनि भेटिएको थियो । सो शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।   


प्रतिक्रिया