हात्तीको आक्रमणबाट कञ्चनपुरमा २ को मृत्यु

मंसिर २५, २०७६ | कञ्चनपुर

कञ्चनपुरको माहाकाली नगरपालिका २ चाँदनीमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुधबार बिहान मायापुरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस दाउरा संकलनका लागि गएका महिलाहरुमाथि हात्तीले आक्रमण गरेको हो । 

इलाका प्रहरी कार्यालय दोधाराका अनुसार मृत्यु हुनेमा माहाकाली नगरपालिका २ चांदनीकी ३८ वर्षीया बसन्ती भट्ट र सोही ठाउँकी ५० वर्षीया भुरी बोहोरा रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिनुभयो । उनीहरुको अवस्था पनि गम्भीर रहेको उहाँले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि कैलालीको धनगढी र सीमावर्ती बजार खटिमा पठाइएको उहाँले बताउनुभयो ।  


प्रतिक्रिया