७ किलो चरेश सहित चार पक्राउ

मंसिर २६, २०७६ | काठमाडौं

कैलालीको अत्तरियाबाट सात किलो चरेश सहित चार जना पक्राउ परेका छन् । लागू औषध चरेश सहित दार्चुलाका ३२ वर्षीय जसमल सिंह ठगुन्ना, २५ वर्षीय उकिल सिंह ठगुन्ना, २७ वर्षीय जीवनसिंह ठगुन्ना र २४ वर्षीय हिक्मत सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । 

गोदावरी नगरपालिका–२ स्थित एक घरबाट सात किलो चरेश सहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अत्तरीयाका डीएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो । यसैबीच, सशस्त्र प्रहरीले पर्साबाट ११ केजी चरेश बरामद गरेको छ ।

 मोटरसाइकलको सिटमुनी लुकाएर भारत लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सो परिमाणको चरेश बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका सशस्त्र प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया