राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुष ६ भित्र दल दर्ता गर्नुपर्ने

मंसिर २६, २०७६ | काठमाडौं

काठमाडौंं राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ राजनीतिक दल दर्ता निर्वाचन आयोगले गर्न १० दिनको समय दिएको छ । सरकारले राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेपछि आयोगले दल दर्ताको समय तोकेको हो । 

आयोगकी प्रवक्ता सहसचिव गिरिजा शर्माले संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताको लागि मंसिर २७ गते देखि पुष ६ गते सम्म १० दिन समय तोकिएको जानकारी दिनुभयो ।

 शर्माद्वारा जारी विज्ञप्तिमा १० दिनको अवधिमा कार्यालय समय भित्र आयोगको काठमाडौं कान्तिपथस्थित, बहादुर भवनमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढााचामा निवेदन दिन आह्वान गरिएको छ । 

आयोगले दल दर्ताको निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरु पूरा गर्नुपर्ने उल्लेख गरेको छ । निवेदनको ढाँचा आयोगको वेब साइटमा समेत हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया