जिल्ला मालपोत कार्यालय काभ्रेका नासु विरुद्ध मुद्दा

मंसिर २६, २०७६ | काठमाडौं

जिल्ला मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुव्बा रोसकाजी जस्पाउविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिई सकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

घूस लिईसके पछि पक्राउ परेका नासु जस्पाउविरुद्द बिहीबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । जग्गाधनी प्रमाण पुर्जा दिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घूस दिएको आयोगले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।  


प्रतिक्रिया