'नेशनल म्युजिक अवार्ड २०७६' आज

मंसिर २७, २०७६ | काठमाडौं

- रेडियो कान्तिपुरले आज आफ्नो २१ औँ वार्षिकोत्सवको अवसर पारेर आज नेशनल म्युजिक अवार्ड २०७६ आयोजना गर्दैछ । कार्यक्रममा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिँदैछ । उत्कृष्ट नव–गायक/गायिका, उत्कृष्ट रचनाकार, राष्ट्रिय गीत, उत्कृष्ट सङ्गीतकार, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/ गायिका, उत्कृष्ट पार्श्व गायक/गायिका, पप गायक गायिका, उत्कृष्ट युगल गीत लगायत रहेका छन् । त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्‍याउँदै आउनुभएका एकजना मुर्धन्य सङ्गीतसाधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । 

 यस्तै पिपल्स च्वाइस् अवार्डको चयन स्रोताको सहभागिताका आधारमा गरिनेछ । कार्यक्रममा सङ्गीतका विधासँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिनेछ । वर्षभरि रेडियो कान्तिपुरमा प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन गरिएको हो । मनोनयनका लागि वरिष्ठ गीतकार चुडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो । अवार्ड कार्यक्रमको रेडियो कान्तिपुर, कान्तिपुर टेलिभिजन र आधारिक फेसबुक पेजबाट प्त्यक्ष प्रशारण गरिनेछ । कार्यक्रम अपरान्ह ४ बजेपछि सुरु हुनेछ । 


प्रतिक्रिया