रारा ताल क्षेत्रमा हिमपात

मंसिर २७, २०७६ | मुगु

पर्यटकीय क्षेत्र मुगुको रारा क्षेत्र हिउँले ढाकेको छ । बिहीबार अपरान्ह देखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् । अघिल्लो साता र यो पटक गरी रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ ।

 हिजोरात देखि रारा सेताम्य भएपछि पर्यटक रमाएर उफ्रिन थालेको डाँफे गेष्ट हाउसका व्यवस्थापक बली शाहीले बताए । ५ इन्च भन्दा बाक्लो हिउँ परेको जमिनको घाँस पात नदेखिने भएको उनको भनाई छ । जाडो छल्न साइबेरिया, नैनीताल, मानसरोवरबाट पानीजन्य चराहरु आउने र अर्कोतिर हिउँ रारा सेताम्य हुने भएको निकै रमाइलो र आक्रर्षण देखिने गरेको छ । 

रारा ताल भन्दा आधा घण्टा टाढा रहेको मुर्मा गाउँलाई पनि हिउँले ढाकेको छ । हिउँले गर्दा मुर्मा गाउँको जनजीवन प्रभावित बनेको छ । विधार्थीलाई स्कूल जान समस्या भएको मुर्मा गाउँका वडाअध्यक्ष मणीचन्द रोकायाले बताउनुभयो । 


प्रतिक्रिया