रसुवाको उत्तरी भेगमा हिमपात

मंसिर २७, २०७६ | रसुवा

वर्षासँगै शुक्रबार रसुवाको उच्च हिमाली भू–भागमा हिमपात भएको छ । पर्यटकीय क्षेत्र लाङटाङमा हिमपात भईरहेको वडा अध्यक्ष सुप्पा तामाङले बताउनुभयो । हिमपात र वर्षाको कारण जिल्लाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढेको छ । 

हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीयको जनजीवन प्रभावित भएको छ । लाङटाङ, क्याङजीन, गोसाइँकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरिबिना, नगथली, चन्दनबारी लगायतका विभिन्न ठाउँमा हिमपात भइरहेको छ । चिसो धेरै बढेका कारण जिल्लाका स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । वर्षा र हिमपातको कारण कृषक भने खुशी भएका छन् । 



प्रतिक्रिया