चन्द समूहका दुई कार्यकर्ता पक्राउ

मंसिर २७, २०७६ | गोरखा

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता गोखराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका २७ वर्षीय गोकुल पराजुली र रुकुमका ३२ वर्षीय जिवन क्षेत्री छन् । उनीहरुलाई गोरखा नगपालिका–१३ मझुवा देउरालीबाट पक्राउ गरिएको डीएसपी मित्रबन्धु शर्माले बताउनुभयो ।

पराजुली नेकपाका स्याङजा जिल्ला इन्चार्ज र क्षेत्री कार्यकर्ता रहेको प्रहरीको दाबी छ । शुक्रबार उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको शर्माले बताउनुभयो ।  


प्रतिक्रिया