चन्द समूह छिन्नभिन्न भईसकेको छ : गृहमन्त्री थापा

मंसिर २७, २०७६ | काठमाडौं

प्रतिबन्धित नेत्रविक्रम चन्द समूह छिन्नभिन्न भएको दाबी गृहमन्त्री रामबहादुर थापाले गर्नुभएको छ । काठमाडौको महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १ सय ७९ को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले चन्द समूह प्रति इंकित गदै शान्ति सुरक्षालाई खलल पुर्‍याउने समूह छिन्नभिन्न भइसकेको बताउनुभएको हो ।

पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको समेत बताउँदै गृहमन्त्री थापाले आपराधिक, विखण्डनकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहबाट सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्नसक्ने भन्दै प्रहरी नेतृत्वलाई सजग रहन आग्रह समेत गर्नुभयो । 


प्रतिक्रिया