दुर्घटनामा दुई जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

मंसिर २९, २०७६ | धनकुटा

धनकुटाको छथर जोरपाटी गाउँपालिका २ फलैचामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

सिधुवाबाट हिलेतर्फ जादै गरेको को १ ख ६९१२ को नम्बरको बससंग ठोक्किदा को २ ह ६६११ नम्बरको अटो चालक धनकुटा नगरपालिका २ का २५ बर्षीय दशरथ पाख्रिन र त्यसमा सवार तेह्रथुम छथर १ शुक्रबारेका ४५ बर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका छथर जोरपाटीका रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रदिप बस्नेतको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया