हिमपातले अवरुद्ध कर्णालीको हवाई सेवा आजदेखि सञ्चालनमा

फाइल फोटो 

मंसिर ३०, २०७६ | मुगु

भारी हिमपातले अवरुद्ध कर्णालीको हवाई सेवा आज देखि सञ्चालनमा आएको छ । हिमपातका कारण ५ दिन देखिको अवरुद्ध हुम्लाको हवाई सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन । जिल्लामा एक मात्र हवाई सेवा लामो दिन सम्म अवरुद्ध हुँदा हुम्लीबासीलाई सास्ती भएको छ । 

मुगु र जुम्लामा भने आज देखि हवाई सेवा सञ्चालनमा आएको हवाई नागरिक उड्डयन कार्यालयले जनाएको छ । हिमपातले तीन दिन अवरुद्ध बनेको मुगु र जुम्लाको हवाई सेवा आज देखि सुरु भएपछि यात्रुलाई सहज भएको छ । 

सुरक्षाकर्मी कर्मचारी स्थानीयले करीब ४ घण्टा सम्म विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रताप श्रेष्ठले बताउनुभयो । मुगुमा आज नेपालगञ्ज तर्फ ३ वटा उडान भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलमा रोकिएका यात्रु नेपालगञ्ज झर्न पाएका छन् । 


प्रतिक्रिया