१७ किलो चरेश सहित बर्दियाबाट दुई पक्राउ

पुस १, २०७६ | बर्दिया

लागू औषध चरेश सहित बर्दियाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ किलो चरेश सहित बर्दिया बढैयाताल गाउँपालिका - २ फुटाहाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा भारत तर्फ जाँदै गरेका रोल्पाको रोल्पा नगरपालिका-२ कार्चावाङका २३ वर्षीय सजिन विक र निर्मला बुढामगरलाई सो परिमाणको चरेश सहित पक्राउ गरेको हो ।

 जमुनी प्रहरी चौकीका ईञ्चार्ज सई (प्रहरी नायव निरक्षक) धन बहादुर केसीको कमाण्डमा खटिएको टोलीले उनीहरुमाथि सुरक्षा जाँच गर्ने क्रममा चरेश १७ किलो, भारु ५ हजार र दुई थान मोबाइल सेट बरामद भएको जनाएको छ । 

पक्राउ परेका दुबै जनालाई मंगलबार सार्वजनिक गरिएको छ । दाङबाट बर्दिया हुँदै भारतको बलै गाउ‘बाट दिल्ली जान लागेका दुबै जनालाई आवश्यक कारबाहीका लागि लागूऔषध ऐन अनुसार मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । एक महिना यता प्रहरीले जिल्लाबाट ८६ केजी चरेश बरामद गरेको छ । 


प्रतिक्रिया