रोहिंग्या शरणार्थीबारे बुझ्न मानवअधिकारकर्मीको टोली पनौतीमा

पुस ८, २०७६ | काभ्रे

काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीको अवस्था बुझ्न मानव अधिकारकर्मीको टोली त्यहाँ पुगेको छ । नेपाल मानवअधिकार संगठनका पूर्व अध्यक्ष चरण प्रसाईसहित मानवअधिकारकर्मीको टोली उनीहरुको बसाई लगायतका बिषयमा जानकारी लिन पनौती पुगेको हो । टोलीले स्थानीय जनप्रतिनिधी तथा त्यस क्षेत्रका स्थानीयसंग छलफल गर्ने संगठनका जिल्ला अध्यक्ष राजु सिग्देलले जानकारी दिनुभयो ।

 मंसिर २३ गते कुशादेवी झरेका उनीहरुलाई हट्न स्थानीयको गुनासोपछि जग्गाधनी सत्यराम थापासमेतले हट्न दबाब दिदै आएका थिए । २२ टहरा निर्माण थालेका उनीहरुले स्थानीयको दबाबपछि निर्माणाधीन ९ टहरा भत्काएका थिए । १३ टहरामा ३७ रोहिंग्या बस्दै आएका छन् । मानवअधिकारकर्मी प्रसाईले उनीहरुका विषयमा सरोकारवालाको ध्यान जान नसकेको गुनासो गर्नुभयो । रोहिंग्या मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालय, पनौती नगरपालिका र वडा कार्यलयमा शान्ती सुरक्षाको लागि भन्दै निवेदन दिएपछि मानव अधिकारकर्मीको टोलि त्यहाँ पुगेको हो । 


प्रतिक्रिया