भ्रमण वर्ष २०२० को पहिलो दिन धपक्कै बल्यो धुन्चे (फोटो फिचर)

पुस १६, २०७६ | रसुवा

रसुवामा भ्रमण वर्ष २०२० को शुभारम्भ भब्य रुपमा भयो । भ्रमण वर्षको पहिलो दिनको साँझ सदरमुकाम धुन्चे बेहुली श्रृंगारिएको थियो । भ्रमण वर्षमा रसुवा घुम्न आउने पर्यटकको स्वागतका लागि धुन्चे बजार झिलिमिलि पारिएको गोसाईँकुुण्ड गाउँपालिका-६ का वडा अध्यक्ष दावासिदार वाइवाले बताउनुभयो । 

बजारमा लुङदर र ध्वजा पतकाले सिंगारिएको छ । झिलिमिलि बत्तीको उज्यालोले रातिको समय सदरमुकाम धुन्चे बजार धपक्कै बलेको देख्न सकिन्छ । पहिलो दिन रसुवा घुम्न आउने पर्यटहरुलाई लामा नाच, झाँक्री नाच, विभिन्न संस्कृतिक नाच, खैजडी भजन, माला, खादा र मायाको चिनो, दही घुम, ठेकी दिएर स्वागत गरिएको छ ।

होटल ब्यवसायीहरुले बुधबार धुन्चेमा बास बस्ने पर्यटकलाई एक रातको लागि खाना र बासको निशुल्क व्यवस्था गरिएको जिल्ला समन्वय समितिका सदस्य तेम्पा जिएल घलेले बताउनुभयो । 


प्रतिक्रिया